नियम ७८
गोटा गन्ती (पिस रेट) को दर निर्धारण
कार्यगत रोजगारी अन्तरगत गोटा गन्ती (पिस रेट) मा काम गर्ने श्रमिकको प्रति गोटा गन्ती (पिस रेट) को दर निर्धारण गर्दा देहाय बमोजिम गर्नु पर्नेछः-
(क) श्रमिक र रोजगारदाताबीच सहमति भएमा सोही बमोजिम,
(ख) न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा जुन अनुपातमा न्यूनतम पारिश्रमिक वृद्धि भएको हो सोही अनुपातमा पिस रेट दर वृद्धि गरी कायम गर्ने,
(ग) खण्ड (क) र (ख) बाहेकको अवस्थामा श्रमिकको न्यूनतम पारिश्रमिकको प्रतिघन्टाको दरको आधारमा।